काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकको सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई बनेको ‘लक्ष्मी सनराइज बैंकको’को सेयर सूचीकृत भएको हो ।
साविकको लक्ष्मी र सनराइज मर्ज हुँदा कायम भएको १ः१ सेयर अनुपातका आधारमा लक्ष्मी सनराइजको नाममा २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको छ ।
बैंकको सेयर कारोबारका लागि नेप्सेले १७३.०५ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा सोमबार बैंकको सेयर कारोबार खुल्ने छ । बैंकको सेयर कारोबारका लागि नेप्सले LSL संकेत चिह्न दिएको छ ।