नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ३१ अंकले घटेको नेप्से आज २० अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा आइपुगेको छ । यसदिन २८० कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बराबरको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले घटेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा पनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा मकर जितुमाया सुरी मोलुङ हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.६३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, लिबर्टी इनर्जी ६.३०, अप्पर स्याङ्गे हाइड्रोपावर, महुली लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर Read Previous

ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

मूल्य वृद्धिको चपेटामा अर्थतन्त्र : मारमा उपभोक्ता, बढायो आर्थिक शिथिलता Read Next

मूल्य वृद्धिको चपेटामा अर्थतन्त्र : मारमा उपभोक्ता, बढायो आर्थिक शिथिलता