ङादी ग्रुपले पायो हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । विद्युत् नियमन आयोगको कम्पनीलाई १:१ अनुपात अर्थात् हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न भदौ ८ गते स्वीकृति दिएको हो ।

ङादीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९० कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।

अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्नेछ ।

भारतले लगायो उसिना चामल निर्यातमा २० प्रतिशत कर, मूल्य बढ्ने Read Previous

भारतले लगायो उसिना चामल निर्यातमा २० प्रतिशत कर, मूल्य बढ्ने

भदौ १९ देखि आइपीओ बिक्री गर्दै भिजन लुम्बिनी Read Next

भदौ १९ देखि आइपीओ बिक्री गर्दै भिजन लुम्बिनी