उदीयमान राष्ट्रहरूको संगठन ब्रिक्समा थपिए ६ देश

जोहानेसबर्ग । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रहरुको संगठन ब्रिक्समा ६ मुलुक सदस्यका रुपमा थपिएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । नयाँ सदस्य अब जनवरी १ देखि संगठनमा आबद्ध हुनेछन् ।

‘हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,’ राष्ट्रपति रामाफोसाले भनेका छन् ।

ग्राहक तान्न सेवामा आक्रमक बन्दै नयाँ ब्रोकर, यसरी दिँदै छन् फरक सुविधा Read Previous

ग्राहक तान्न सेवामा आक्रमक बन्दै नयाँ ब्रोकर, यसरी दिँदै छन् फरक सुविधा

'नेपाल ब्लकचेन कन्क्लेभ'का लागि रजिस्ट्रेसन खुला Read Next

'नेपाल ब्लकचेन कन्क्लेभ'का लागि रजिस्ट्रेसन खुला