काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ नेपालले घाटा बेहोरेको छ ।
गत वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको थियो । आयात १.५६ प्रतिशत र नियात ८.६५ प्रतिशतले घटेको विभागले जनाएको छ ।
गत वर्ष पहिलो साउनमा १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले यो वर्ष १३ अर्बमा खस्किएको छ । गत वर्ष १ खर्ब ३१ अर्बको वस्तु आयात गरिएकोमा समीक्षा अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ ।
आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता र अन्तर्राष्ट्रिय कारणउच्च मुल्यवृद्धिको चापले माग बढ्न सकेको छेन । जसको कारण यो वर्ष वस्तु आयातमै केही गिरावट आएको तथ्यांकले देखाउँछ ।