सेयर बजारको ओरालो यात्रा कायमै, साल्ट ट्रेडिङको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्ने क्रम अझै रोकिएको छैन । बैंक तथा वित्तीय संस्थाहरुले गतवर्षको नाफाबाट आकर्षक लाभांश वितरण गरिरहेको र सुधारन्मुख पहिलो त्रैमासिक रिर्पोट सार्वजनिक गरिरहँदा समेत लगानीकर्तालाई त्यसले तान्न सकेको छैन् ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.१४ अंकले घटेर ११२९.९९ विन्दुमा पुगेको छ । आज १६३ कम्पनीको २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँ बराबरको कारोबार भएको छ । १० लाख १६ हजार ४० कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ६ समूहको सूचक उकालो लागेका छन् भने ६ समूहकै सूचक ओरालो लागेका छन् । आज होटल समूहको सूचक ४९.११ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३९.७१ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड २० लाख ४८ हजार ५२ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा एनएमबी बैंकको प्रमोटर सेयर र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनएमबी प्रमोटरको २ करोड ४ लाख र नेपालको १ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने घोडाघोडी लघुवित्त, नेपाल हाइड्रोपावर र ङादी ग्रुप पावरको मूल्य  ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेको छ ।

यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु Read Previous

यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै Read Next

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै