काठमाडौं महानगरद्धारा दुई सहकारीको दर्ता खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

काठमाडौं महानगरपालिका सहकारी विभागको साउन १६ गतेको बैठकको निर्णय अनुसार ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था (वडा नं. ५) र सुकस बचत तथा ऋण सहकारी संस्था (वडा नं. ७)को दर्ता खारेज गरेको हो ।

दुवै सहकारी संस्था महानगरको सहकारी ऐन २०७४, दफा ६६ को उपदफा (१) अनुसार खारेज गरिएको महानगरपालिकाले जनाएको छ ।

बेरोजगारलाई श्रम बैंकमार्फत रोजगारीमा जोड्दै काठमाडौं महानगर Read Previous

बेरोजगारलाई श्रम बैंकमार्फत रोजगारीमा जोड्दै काठमाडौं महानगर

अर्थतन्त्र सुस्त भएपछि चीनले घटायो ब्याजदर Read Next

अर्थतन्त्र सुस्त भएपछि चीनले घटायो ब्याजदर