सोल्टी होटलको नाफामा उछाल, जगेडा कोषको आकार १.२१ अर्ब पुग्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८३.४० प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म कम्पनीले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा २४ करोड ७९ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा उच्च वृद्धि आएको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६४.२७ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको संचालन नाफा दोब्बरले बढेर ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

हाल ८८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २१ करोड रुपैयाँ संचित छ ।

नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ३.५३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ६.१६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७८.३१ गुणा छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो Read Previous

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट, लाभांश क्षमता भने ७२ प्रतिशत Read Next

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट, लाभांश क्षमता भने ७२ प्रतिशत