रिलायबल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ९ लाख ६० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ३ लाख ९६ हजार बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार २३ देखि २६ गतेसम्म प्रतिकित्ता २५७ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँँ थपेर) दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

विद्युतीय चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै Read Previous

विद्युतीय चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो Read Next

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो