निर्धन उत्थान लघुवित्तको नाफा ९९.८६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ४ पैसा मात्र

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.८६ प्रतिशतले घटेको छ ।

गत असार मसान्तसम्म लघुवित्तले जम्मा १० लाख ३१ हजार रुपैयाँ कमाएको छ । जबकी अघिल्लो वर्ष निर्धनले ७५ करोड ८३ हजार खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन नाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेर २ अर्बमा सीमित भएको छ । यस्तै, संचालन मुनाफा ७०.५६ प्रतिशतले घटेर ३१ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले २३ अर्ब ६ करोड निक्षेप संकलन तथा सापटी लिइ कुल २४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ५ लाख, रिटेन्ड अर्निङमा ४ करोड ९३ लाख र जगेडा कोषमा १ अर्ब ८३ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४ अर्ब ९१ करोड रुपैयाँ छ । जसबाट सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन सक्छ ।

खुद नाफामा उच्च गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्ष ३४.१७ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ४ पैसामा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.११ रुपैयाँ, खराब कर्जा ९.८७ प्रतिशत र मूल्य आम्दानी अनुपात १९३८०.६८ गुणा रहेको छ ।

शिखर इन्स्योरेन्सको नाफामा उछाल, यस्ता छन् मुख्य वित्तीय सूचक Read Previous

शिखर इन्स्योरेन्सको नाफामा उछाल, यस्ता छन् मुख्य वित्तीय सूचक

खस्कियो हिमालयन डिष्टिलरीको वित्तीय अवस्था, खुद नाफा ३९ करोड घट्यो Read Next

खस्कियो हिमालयन डिष्टिलरीको वित्तीय अवस्था, खुद नाफा ३९ करोड घट्यो