सेयर बजारमा करेक्शन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत बुधबारदेखि लगातार उकालो लागेको नेप्सेमा ६१ अंकको वृद्धिपछि गिरावट आएको हो ।

सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा आइपुगेको छ । यसदिन २७९ कम्पनीको सेयर कारोबार भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९२ करोडले घटेर २ अर्ब ९ करोडमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ ।

आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

झिनो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

एक महिना पनि टिकेन पोखरा महानगकारको कालोपत्र, दोष वर्षालाई Read Previous

एक महिना पनि टिकेन पोखरा महानगकारको कालोपत्र, दोष वर्षालाई

३५ वर्षमा पनि सम्पन्न भएन बबई सिचाइँ आयोजना, बाँकी ठेक्का लगाउन छैन बजेट Read Next

३५ वर्षमा पनि सम्पन्न भएन बबई सिचाइँ आयोजना, बाँकी ठेक्का लगाउन छैन बजेट