बक्यौता तिरेपछि सिम्रिक एयरको उडान फुकुवा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता भुक्तानी गरेपछि सिम्रिक एयरको उडान फुकुवा भएको छ ।

सिम्रिकले प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता  बुझाएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

प्राधिकरणका अनुसार सिम्रिकले प्राधिकरणलाई शुक्रबार ४३ लाख रुपैयाँ र आइतबार (आज) ३ लाख गरी कुल ४६ लाख रुपैयाँ बुझाएको हो।

प्राधिकरणले बिहीबार बक्यौता नतिरेको भन्दै सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको थियो । हाल सिम्रिक एयरले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

व्यक्तिगत फाइदाका लागि भन्सार कर्मचारीले बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री Read Previous

व्यक्तिगत फाइदाका लागि भन्सार कर्मचारीले बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री

भन्सारमा जाँचपास हुन ११ घण्टा लाग्छ, सहजीकरण गर्न आवश्यक छ : निजी क्षेत्र Read Next

भन्सारमा जाँचपास हुन ११ घण्टा लाग्छ, सहजीकरण गर्न आवश्यक छ : निजी क्षेत्र