काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा उछाल आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जबकी कम्पनी अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्नुका साथै नोक्सानी व्यवस्थापन गर्नुपर्ने रकम घटेपछि नाफामा छलाङ आएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी २५ प्रतिशत बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ६४ करोड ९७ रुपैयाँ संचित छ । यस्तै, जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब र महाविपत्ती कोषमा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।
खुद नाफामा छलाङ मारेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ५.७३ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी भालु आवमा ८.२२ रुपैयाँ धनात्मक भएको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ ।