सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७९८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

सनराइज क्यापिटलको सञ्चालक समितिको साउन २५ गते वषेको बैठकले गत वर्षको नाफाबाट इकाईधनीलाई १६ प्रतिशत (करसहित)नगद लाभांश दिने निर्णय गरेको हो ।

फण्डले इकाईधनीलाई १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएको हो ।

यस योजनाको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

भक्तपुरको चाँगुमा छापिन्छ नक्कली नोट, मेसनसहित १५ लाख नक्कली नोट बरामद Read Previous

भक्तपुरको चाँगुमा छापिन्छ नक्कली नोट, मेसनसहित १५ लाख नक्कली नोट बरामद

अपर तामाकोशीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Next

अपर तामाकोशीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?