काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा सूर्योदयको १५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।