नेप्सेमा ४० अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । दिनभर ४० अंकको उतरचढाव आएको नेप्से अन्त्यमा ३ अंकले घटेर बन्द भएको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५ करोडले घटेर २ अर्ब ३३ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा आइपुगेको छ । यसदिन २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ ।

आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको साढे ४३ करोड रुपैयाँ बढीको ७ लाख कित्ता सेयर किनबेच भएको छ ।

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक मिडिया र गोर्खाज फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

मुग्लिन-मलेखु सडक विस्तार थालियो, यी ६ ठाउँमा नयाँ पुल बन्ने Read Previous

मुग्लिन-मलेखु सडक विस्तार थालियो, यी ६ ठाउँमा नयाँ पुल बन्ने

चैतको तुलनामा घट्यो बैंकको खराब कर्जा, मर्जरमा गएकाको सीमा नजिक, कुनको कति ? Read Next

चैतको तुलनामा घट्यो बैंकको खराब कर्जा, मर्जरमा गएकाको सीमा नजिक, कुनको कति ?