बससेवाले हरेक दिन १० जनालाई निःशुल्क टिकट दिने

काठमाडौं । अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकमले १० दिनसम्म हरके दिन १० जना यात्रुलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ । कम्पनीले दशौँ वर्षमा प्रवेश गरेको अवसरमा यस्तो अफर सार्वजनिक गरेको हो ।

हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।

बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले यो अवधिमा नेपालका अधिकांश रूटमा सेवा प्रदान गरेको कम्पनीले बताएको छ ।

बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायत शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा दिंदै आएको छ । हाल दैनिक ३ हजार भन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।

यसैबीच, बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

खनालका अनुसार अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शुन्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरे पनि हाल बससेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन् ।

खनालले भने, ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइनमार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो । आगामी दिनमा हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ।’

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकट काट्ने सेवा प्रदायक हो । यात्रुहरुले कुनै पनि गन्तव्यका टिकट सहजै बससेवा डटकम र बससेवाको मोबाईल एप्स्मार्फत प्राप्त गर्न सक्छन् ।

फूल फुल्ने बेलामा ढुसीजन्य रोगबाट मर्न थाले अलैँचीका बोट, किसान चिन्तित Read Previous

फूल फुल्ने बेलामा ढुसीजन्य रोगबाट मर्न थाले अलैँचीका बोट, किसान चिन्तित

चिप उत्पादनमा शक्तिकेन्द्र बन्ने भारतको महत्वकांक्षा, के सफल होला ? Read Next

चिप उत्पादनमा शक्तिकेन्द्र बन्ने भारतको महत्वकांक्षा, के सफल होला ?