प्रतिकेजी ५ रूपैयाँमा नबिकेकाे गाेल्भेडाकाे मूल्य १८० पुग्याे

काठमाडौं । गत महिना प्रतिकेजी ५ रूपैयाँमा नबिकेकाे गाेल्भेडाकाे मूल्य अहिले १८० पुगेकाे छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेकाे मूल्य सूचीअनुसार शनिबारका गाेल्भेडा प्रतिकेजी १८० रूपैयाँ पुगेकाे हाे ।
अघिल्लो महिना यही क्षेत्रमा प्रतिकेजी ५ रूपैयाँ नबिकेकाे भन्दै व्यापारी र किसानहरूले गाेल्भेडा सडकमै फालेका थिए । व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् ।

जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् । समितिका अनुसार शनिबार प्याजकाे मूल्य प्रतिकेजी ५० रूपैयाँ, आलु ४१, मुला ४५ र भन्टा ३५ रूपैयाँ प्रतिकेजी छ ।

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी, कार्यविधि बन्दै Read Previous

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी, कार्यविधि बन्दै

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ? Read Next

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ?