सन नेपाल लाइफको आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले अर्को साता बाँडफाँड गर्ने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकले आइपीओ बाँफाँडको तयारी गरेको हो । कम्पनीले पहिलो चरणमा साउन १ देखि १५ सम्म कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० मा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले माग गरेको आइपीओमा २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् ।

आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।

कर्जा लगानीको रणनीतिमा बैंकहरु, माग नहुँदा ‘मार्केटिङ’ गर्दै Read Previous

कर्जा लगानीको रणनीतिमा बैंकहरु, माग नहुँदा ‘मार्केटिङ’ गर्दै

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी, कार्यविधि बन्दै Read Next

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी, कार्यविधि बन्दै