रिपब्लिक मिडियाको आइपीओ नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ९६ लाख ७५ हजारकित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ८४.४७ रुपैयाँदेखि २५३.४१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि NRM संकेत चिह्न प्रदान गरेको छ ।

महासंघको नयाँ नेतृत्वले १०० दिनमा के-के गर्र्‍यो ? यस्तो छ प्रगति विवरण (पूर्णपाठ) Read Previous

महासंघको नयाँ नेतृत्वले १०० दिनमा के-के गर्र्‍यो ? यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

सानिमा बैंकका ग्राहकले फूडमाण्डुमा १५ प्रतिशतसम्म क्यासब्याक पाउने Read Next

सानिमा बैंकका ग्राहकले फूडमाण्डुमा १५ प्रतिशतसम्म क्यासब्याक पाउने