मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ देखि आइपीओ बिक्री गर्दै

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरको २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाइने छ । सो आइपीओमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हाल ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।

 

सिद्धार्थ बैंकले कमायो ३.१९अर्ब नाफा, लाभांश क्षमतामा भने उच्च गिरावट Read Previous

सिद्धार्थ बैंकले कमायो ३.१९अर्ब नाफा, लाभांश क्षमतामा भने उच्च गिरावट

मौद्रिक नीतिले ‘बिच्किएको' सेयर बजार, किन घट्यो लगानीकर्ताको मनोबल ? Read Next

मौद्रिक नीतिले ‘बिच्किएको' सेयर बजार, किन घट्यो लगानीकर्ताको मनोबल ?