सोनापुर मिनरल्सले पायो प्रिमियममा आइपीओ बेच्न अनुमति

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले साउन १७ गते कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार सोनापुरले जारी चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि फरक फरक मूल्यमा आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर बिक्री गर्ने भएको छ । त्यसैगरी, सर्वसाधरणलाई अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपीओ निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । कम्पनीले पश्चिम नेपालको दाङमा उद्योग स्थापना गरी सोना ब्राण्डमा सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

 

अढाइ दर्जन विमानस्थलमा दिउँसो १२:३० बजेपछि उडान नहुने Read Previous

अढाइ दर्जन विमानस्थलमा दिउँसो १२:३० बजेपछि उडान नहुने

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सरकार Read Next

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सरकार