अढाइ दर्जन विमानस्थलमा दिउँसो १२:३० बजेपछि उडान नहुने

गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित रेसुंगा विमानस्थल ।

काठमाडौं । झन्डै साढे दुई दर्जन निमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक हवाई उडान नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा अबको तीन महिनासम्म दिउँसो १२:३० बजेपछि उडान नगर्ने निर्णय गरेको हो ।

हवाई सुरक्षालाई मध्येनजर गर्दै जुलाईदेखि सेप्टेम्बरसम्म अप्रेशन टाइम (उडान संचालन गर्ने समय)बाहेकको समयमा उडान नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिका अनुसार उडान सञ्चालनको समय बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म तोकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले झण्डै २९ वटा दुर्गम भेगका विमानस्थलमा व्यवसायिक तथा चार्टर उडान गर्न नपाउने व्यवस्था गरिएको बताए ।

उनले हरेक विमानस्थलमा अपरेस्नल आवर ६ बजेटदेखि १२ बजेसम्म हुने गरेको बताए । उनले पहाडी भेगमा र तराईमा अपरेस्नल आवर फरक हुने भए पनि अन्तर्राष्ट्रिय उडानका लागि २४ घण्टा अप्रेशनल आवर तोकिएको छ ।

‘सुरक्षालाई मजबुद बनाउन यस्तो व्यवस्था ल्याएको हो, अप्रेशनल आवर बाहेकको समयमा कुनै पनि उडान हुन पाउँदैन,’ निरौलाले भने ‘इमजेन्सी परे पनि मौसम हेरेर क्याप्टेनहरूसँगको सहकार्यमा मात्र उडान गर्न पाइन्छ ।’

उनका अनुसार जोमसोम, मनाङ, फाप्लु, सिमकोट, भोजपुर, मेघौली, ताप्लेजुङ, डोल्पा, थामखर्क, मसिनेचौर, काँगेलडाडा, बाग्लुङ, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, दार्चुला, सल्ले, रारा, खानिडाडा र महेन्द्रनगर विमानस्थलमा १२ः३० बजेपछि उडान हुने छैन ।

गत आर्थिक वर्षसम्म नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी विमानस्थलको संख्या ५३ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ३३ वटा विमानस्थल मात्रै संचालनमा छन् भने २० वटामा उडान बन्द छ ।

हाल दार्चुला एयरपोर्ट, महेन्द्रनगर, कैलालीको टिकापुर, कालिकोट, रुकुमको चौरजहारी, डोल्पाको मसिनेचौर विमानस्थल सञ्चालनमा छैनन् । यसैगरी, रोल्पा एयरपोर्ट, गुल्मी, ढोरपाटन, मनाङ, गोरखाको पालुङटार, रसुवाको लाङटाङ, चितवनको मेघौली, दोलखाको जिरी, फाल्गुनन्द एयरपोर्ट, स्याङबोचे, कँगेलडाँडा एयरपोर्ट र खिजिचण्डेश्वरी विमानस्थल बन्द छन् ।

 

बढ्दै छ गलैँचा, यार्चागुम्बादेखि अम्रिसो निर्यात Read Previous

बढ्दै छ गलैँचा, यार्चागुम्बादेखि अम्रिसो निर्यात

सोनापुर मिनरल्सले पायो प्रिमियममा आइपीओ बेच्न अनुमति Read Next

सोनापुर मिनरल्सले पायो प्रिमियममा आइपीओ बेच्न अनुमति