नेप्सेमा झिनो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । बुधबार ९ अंकले बढेको नेप्से आज ३ अंकले बढेको हो ।

सूचक बढे पनि कारोबार रकममा भने झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोड घटेर १ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.८१ प्रतिशतले बढेको छ ।

आज शिवम् सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स र एनआइबीएल ग्रोथ फण्डका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

सरकारको ऋण उठाउने तालिका सार्वजनिक, पहिलो ६ महिनामा १ खर्ब १० अर्ब उठाउने Read Previous

सरकारको ऋण उठाउने तालिका सार्वजनिक, पहिलो ६ महिनामा १ खर्ब १० अर्ब उठाउने

बढ्दै छ गलैँचा, यार्चागुम्बादेखि अम्रिसो निर्यात Read Next

बढ्दै छ गलैँचा, यार्चागुम्बादेखि अम्रिसो निर्यात