लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

विद्युत् नियमन आयोगको कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अन्तिम स्वीकृति दिएको हो ।

लिबर्टीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्नेछ ।

निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न महासंघले गरायाे ध्यानाकर्षण Read Previous

निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न महासंघले गरायाे ध्यानाकर्षण

जुम्लाको काँचो स्याउ बजारमा, रोक्न सिफारिस अनिवार्य Read Next

जुम्लाको काँचो स्याउ बजारमा, रोक्न सिफारिस अनिवार्य