हाथवे इन्भेष्टमेन्ट र माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल र माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रीमा ल्याएको आइपीओ भने आज अन्तिम दिन हो ।

हाथवेले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता ५० रुपैयाँ दरले १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

त्यसैगरी, माथिल्लो मैलुङ खोला जलविद्युतले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

स्थानीयले आवेदन दिने म्याद थप

माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका रसुवा र नुवाकोटका स्थानीयका लागि बिक्रीमा ल्याएको आइपीओ भर्ने म्याद थप भएको छ । स्थानीयले अब कम्पनीको आइपीओमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दालाई छुट्याइएको छ ।

त्यसैगरी, २ लाख ८५ हजार ७२० कित्ता आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दालाई र १ लाख ४२ हजार ८५० कित्ता माथि उल्लेख बाहेक रसुवाका अन्य क्षेत्रका बासिन्दालाई छुट्याइएको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथ्लिलो मैलुङ खोल जलविद्युत आयोजना निर्माण सम्पन्न भई परीक्षणको क्रममा छ । आगामी साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो

सुरू भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण, बजेट कुर्दै Read Next

सुरू भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण, बजेट कुर्दै