अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँदरले १९ करोड ५३ लाख २७ हजार ९०० रुपैयाँ बराबरको १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन पाइने छ । यदि, तोकिएको समयमा सबै सेयर बिक्री नभएमा मात्र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपाल बीच डिजिटल कारोबार गर्ने सम्झौता Read Previous

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपाल बीच डिजिटल कारोबार गर्ने सम्झौता

हाथवे इन्भेष्टमेन्ट र माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

हाथवे इन्भेष्टमेन्ट र माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन