एक दिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । मौद्रिक नीतिपछि लगातार १२७ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से आज फेरि उच्च २८ अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोड बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आइपुगेको छ । यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ ।

आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज किसान लघुवित्तका सेयरधनीले सर्वाधिक ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन लघुवित्त ५.५७, प्रोग्रेसिभ फाइनान्स ५.२४, जोशी हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने Read Previous

विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने

१ अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै Read Next

१ अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै