काठमाडौं । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।
क्यापिटल संचालक समितिको साउन १४ गते बसेको बैठकले ‘लक्ष्मी इक्विटी फण्ड’ र ‘लक्ष्मी उन्नति कोष’को लाभांश घोषणा गरेको हो ।
क्यापिटलले गत वर्षको नाफाबाट लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ९.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
त्यस्तै, क्यापिटलले इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलको आगामी साधरण सभाले पारित गरेपछि इकाईधनीले उक्त लाभांश पाउने छन् ।