लक्ष्मी बैंकको डिबेन्चर बाँडफाँड

काठमाडौं । लक्ष्मी बैंकले निष्काशन गरेको २ अर्ब मूल्य बराबरको ‘१०% लक्ष्मी बैंक डिबेन्चर-२०८६’ को बाँडफाँड सम्पन्न भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो ।

 

कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगततर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो ।

 

ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते शुुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । आज बिहान बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

हाल बैंकले देशभर ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम र ६४ शाखा रहित बैंकिङ्ग एजेन्टबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

राजधानीमा बैंकिङ एक्पो शुरु Read Previous

राजधानीमा बैंकिङ एक्पो शुरु

लोडसेडिङ हटेपछि विद्युत् खपत बढाउन यस्तो छ प्राधिकरणको तयारी Read Next

लोडसेडिङ हटेपछि विद्युत् खपत बढाउन यस्तो छ प्राधिकरणको तयारी