काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० मा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।
लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।