गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टले डिलर मिट कार्यक्रम सम्पन्न भएकाे छ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले धुलिखेलमा डिलर मिट कार्यक्रम सम्पन्न गरेका हो ।

‘Rebuild, Persevere and Thrive’ नाराका साथ दुई दिनसम्म चलेको कार्यक्रममा नेपालभरिका ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयल
लिमिटेडका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडि बढ्ने भन्ने लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । यसका साथै वृहत् रोड म्याप समेत तयार गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गत वर्ष बाह्य असरका कारणले गर्दा देशका अन्य उद्योगहरू जस्तै विभिन्न समस्याहरू सामना गर्नु परेको बताए । अझै केही समयसम्म परिस्थिति सुधार हुने संकेत नदेखिएको उनको भनाइ थियो ।

आगामी दिनमा उत्पन्न हुनसक्ने परिस्थितिलाई विभिन्न समय सान्दर्भिक रणनीति बनाएर आफ्नो व्यवसायलाई मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।

‘आफ्नो भन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरु जस्तै हामीले पनि विभिन्न समस्याहरु सामना गर्नुपरेको थियो । परिस्थितिमा अझै केही समयसम्म सुधार हुने छाँटकाट भने देखिएको छैन । त्यसैले आगामी दिनमा उत्पन्न हुनसक्ने पारिस्थितिहरुलाई विभिन्न समय सान्दर्भिक रणनीती बनाई आफ्नो व्यवसायलाई मजबूत बनाउँदै अगाडि बढ्न जरुरी छ । यसको लागि हामी सबैको एकेबद्धता अपारिहार्य छ,’ उनले भने ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

साउन ३१ देखि हकप्रद सेयर निष्काशन गर्दै अपि पावर Read Previous

साउन ३१ देखि हकप्रद सेयर निष्काशन गर्दै अपि पावर

प्रधानमन्त्रीले बुझे लगानी बोर्डको प्रतिवेदन, भने-'विकासमा निजी लगानीलाई प्रोत्साहित गर्नुपर्छ' Read Next

प्रधानमन्त्रीले बुझे लगानी बोर्डको प्रतिवेदन, भने-'विकासमा निजी लगानीलाई प्रोत्साहित गर्नुपर्छ'