मौद्रिक नीतिपछि नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार चौथोे दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो । चार दिनमा नेप्सै झन्डै १०० अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारेपछि लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

लगानीकर्ताले सेयर धितोकर्जाको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि राष्ट्र बैंकले सुनुवाइ नगर्दा लगानीकर्ताको मनोबल गिरेको हो ।

बिहीबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आइपुगेको छ । यसदिन २७१ कम्पनीको २ अर्ब ४२ करोड बढीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.६५ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज किसान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले घटेको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रोपावर, मिथिला लघुवित्त, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक र सिटी होटलका सेयरधनीले ४ प्रतिशत गुमाएका छन् ।

चुनाव खर्च नबुझाउँदा गगन थापाले तिरे १५ हजार जरिवाना Read Previous

चुनाव खर्च नबुझाउँदा गगन थापाले तिरे १५ हजार जरिवाना

घरजग्गा किन्नेको रोजाइमा पर्दै तराई, गत वर्ष यी १० जिल्लामा भयो धेरै किनबेच Read Next

घरजग्गा किन्नेको रोजाइमा पर्दै तराई, गत वर्ष यी १० जिल्लामा भयो धेरै किनबेच