काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (साउन १२ गते) बुकक्लोज मिति तोकेको हो। सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकसानिमा क्यापिटल रहेको छ ।