माण्डु हाइड्रोपावरको प्रिमियममा आइपीओ भर्ने म्याद थप

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडलको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने समय थप भएको छ ।

कम्पनीले असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि बिक्रीम ल्याएको आइपीओ भर्ने म्याद साउन २६ गतेसम्म थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ललितपुर र मकवानपुरका स्थानीयका लागि प्रतिकित्ता २०६ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ पिूमियम थपेर) दरले २ लाख ७२ हजार ७३० कित्ता सेयर निष्काशन गरेको हो ।

सो सेयरमा ललितपुरको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीम रहेकाले आवेदन दिने आज अन्तिम दिन

यस्तै, नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २०६ रुपैयाँ दरले १ लाख ३६ हजार ३६४ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।

 

सुनकाण्डको पूर्ण छानबिन  माग गर्दै रास्वपाको सङ्कल्प प्रस्ताव Read Previous

सुनकाण्डको पूर्ण छानबिन माग गर्दै रास्वपाको सङ्कल्प प्रस्ताव

सिनर्जी पावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सिनर्जी पावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन