इन्भेष्टमेन्ट मेगा बैंकले तेस्रो पटक पायो युरोमनी अवार्ड

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

बैंकले यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो । यसअघि, सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड प्राप्त गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआइएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआइएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

बैंकले हाल देशभरका २९६ शाखा, २८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

लम्की-टीकापुर सडक एउटाले ठेक्का लिएर कामको जिम्मा अर्कैलाई, निर्माण सुस्त हुँदा सास्ती Read Previous

लम्की-टीकापुर सडक एउटाले ठेक्का लिएर कामको जिम्मा अर्कैलाई, निर्माण सुस्त हुँदा सास्ती

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण, एउटै सडकबाट १३ वटा मन्दिर पुगिने Read Next

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण, एउटै सडकबाट १३ वटा मन्दिर पुगिने