नबिल र एनआइसी एशिया बैंकमा कुन अब्बल, कुनको सेयरमा लगानी गर्दा बढी फाइदा

काठमाडौं । निजी क्षत्रका दुई बैंक नबिल र इन्भेष्टमेन्ट बैंक वासलातका विभिन्न सूचकहरुका आधारमा चिर प्रतिद्धन्द्धी थिए, केही समय अघिसम्म । तर, एकदुई वटा ठूलो ‘प्रोभिजनिङ’का कारण कही समयलाई इन्भेष्टमेन्ट यो दौडबाट बाहिरिएको छ । र, उसको ठाउँ लिएको छ, एनआइसी एसिया बैंकले ।

 

निजी क्षेत्रका यी दुई वाणिज्य बैंक, एनआसी एसिया र नबिल बैंकले चालू आर्थिक वर्षमा पहिलो त्रैमासमै १ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा गरेका छन् । लामो एतिहासिक लिगेसी बोकेको नबिल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो भने पछिल्लो समय आक्रामक ढंगले व्यवसाय विस्तार गरिरहेको एनआइसीले १ अर्ब १ करोड रुपैंयाँ कमाएको हो ।

 

यो नाफाले नबिलसँग ७४ करोड २२ लाख रुपैयाँ र एनआइसीसँग ४४ करोड ८४ लाख वितरण योग्य रकम रहेको छ । नबिल बैंकले पहिलो त्रैमाससम्म १ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ भने एनआसी एसिया बैंकले १ खर्ब ७९ अर्ब निक्षेप संकलन र १ खर्ब ५४ अर्ब कर्जा परिचालन गरेको छ ।

 

यसैगरी नबिल बैंकले १ अर्ब ९१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने एनआइसी एसीया बैंकले १ अर्ब ८४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । नबिल बैंकको सञ्चालन नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने एनआइसीको १ अर्ब ४२ करोड रहेको छ ।

९ अर्ब चुक्त पूँजी रहेको नबिलको जगेडा कोषमा १० अर्ब ५७ करोड रुपैंयाँ रहेको छ भने ९ अर्ब ७१ करोड चुक्ता पूँजी रहेको एनआइसीको जगेडा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । बैंक कत्तिको शक्तिशाली र स्थिर छ भनेर आंकलन गर्नका लागि प्रयोग हुने बिभिन्न सूचकहरु मध्ये जगेडा कोष महत्वपूर्ण सूचक हो ।

 

बैंकको लगानी, कर्जा परिचालन इत्यादीको स्तर कस्तो छ भेर जनाउने सूचक खराब कर्जामा एनआइसीले नबिललाई माथ गरेको छ । एनआसीको खराब कर्जा ०.४५ प्रतिशत मात्र छ भने नबिलको ०.६५ प्रतिशत रहेको छ ।

 

सेयर लगानीकर्ताहरुले सबैभन्दा बढी चासो राख्ने दुई सूचकहरु प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपात हुन् । नबिल बैंकको प्रति सेयर आम्दानी ४९.८७ रुपैयाँ रहेको छ भने एनआइसीको ४१.५६ रुपैयाँ रहेको छ ।

 

यसैगरी नबिलको मूल्य आम्दानी अनुपात १५.२४ गुणा छ भने एनआइसीको ९.२९ गुणा रहेको छ । यो सूचकको आधारमा मात्र हेर्दा नबिल भन्दा एनआसी एसिया सेयर लगानीको हिसाबले आकर्षक देखिन्छ ।

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई निम्तो Read Previous

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई निम्तो

एडीबीको सहुलियत ऋण सहयोगमा ३ अर्बका विकास  योजना Read Next

एडीबीको सहुलियत ऋण सहयोगमा ३ अर्बका विकास  योजना