सेयर बजारमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो ।

सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ । गत साता औसतमा दैनिक सवा ३ अर्ब हाराहारीको सेयर कारोबार हुँदै आएकोमा आज बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ । यसदिन २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ४.९८ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ज्योति विकास बैंक साढे १३ करोड र ग्लोबल आइएमई बैंक १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । किसान लघुवित्त र चन्द्रागिरि हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

अब विदेश जानेले २५०० डलर साट्न पाउने Read Previous

अब विदेश जानेले २५०० डलर साट्न पाउने

सहकारी संस्थाको नियमन गर्न विशिष्टिकृत निकाय स्थापना गरिने Read Next

सहकारी संस्थाको नियमन गर्न विशिष्टिकृत निकाय स्थापना गरिने