काठमाडौं । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
हालै सम्पन्न एक समारोह बीच चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ । यस सहकार्यले डीएमसी र सीजीएग्रोटेक बीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
साथै, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।
सीजी एग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–यूएई बीच रहेको कृषिव्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे ।
‘डीएमसीसीसँग रहेको २३,००० सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ, र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामाआएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले जनाएकी छन् ।