युनिलिभरको सेयर मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । युनिलिभर नेपालको सेयर मूल्यले अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । बुधबार (११:४५ बजेसम्म)कम्पनीको सेयर मूल्य ३६३० रुपैयाँले बढेर प्रतिकित्ता मूल्य ३९ हजार ९३० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

युनिलिभरको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत असारमा कम्पनीको सेयर मूल्य इन्ट्रा डेमा ३७ हजार ८३८ रुपैयाँ पुगेको थियो भने क्लोजिङमा हिजो (साउन २ गते) ३६ हजार ३०० रुपैयाँ पुगेको थियो ।

युनिलिभर नेपाली सेयर बजारमा सूचीकृत झन्डै ३०० कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । पछिल्लो १ वर्ष यता कम्पनीको सेयर मूलयमा लगातार बढिरहेको छ । यस अवधिमै यसको सेयर मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । गत साउनमा प्रतिकित्ता १८ हजार हाराहारीमा रहेको कम्पनीको सेयर मूल्य अहिले ३९ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीको व्यापारमा सुधार आई वित्तीय अवस्था आकर्ष बनेकाले लगानीकर्ता यसको सेयरमा आकर्षित हुन थालेका हुन् । युनिलिभर नेपाली कम्पनीमध्ये सर्वाधिक लाभांश दिने कम्पनी पनि हो ।

गत वर्षको चैत मसान्तसम्म कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको व्यापार ५५ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ७० करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१५७.६४ रुपैयाँ छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ४ हजार १२५.७३ रुपैयाँ छ ।

मौलाकाली र लुम्बिनी केबलकारको छुट अफर, आधा मूल्यमा दुईतर्फी यात्रा Read Previous

मौलाकाली र लुम्बिनी केबलकारको छुट अफर, आधा मूल्यमा दुईतर्फी यात्रा

६० दिन भित्र सम्पत्ति विवरण बुझाउन सरकारी कर्मचारी र पदाधिकारीलाई आग्रह Read Next

६० दिन भित्र सम्पत्ति विवरण बुझाउन सरकारी कर्मचारी र पदाधिकारीलाई आग्रह