सेयर बजारको हरियाली कायमै, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले सोही लय कायम गरेको हो । ३ दिनमै नेप्से ६० अंकले बढेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ करोडले बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ । यसदिन २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ उपसमूह्को परिसूचक बढेको छ भने ६ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.५५ प्रतिशतले बढेको छ ।

आज स्वाबलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको पौने २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै १८ करोड र हिमालयन लाइफको १५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ Read Previous

दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी Read Next

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी