दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको रु १०० दरका १०० थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

निगमका जहाजमा पटक पटक समस्या आएपछि छानबिन समिति गठन Read Previous

निगमका जहाजमा पटक पटक समस्या आएपछि छानबिन समिति गठन

सेयर बजारको हरियाली कायमै, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारको हरियाली कायमै, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट