निगमले एक वर्षमै तिर्‍यो पौने ४ अर्ब ऋण, आन्तरिक स्रोतबाट थप ३ जहाज किन्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एक वर्षको अवधिमा पौने ४ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

निगलमे गत आर्थिक वर्ष २०७९/८० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ साँवाब्याज तिरेको हो ।

निगमका अनुसार २०८० असार मसान्तमा मात्रै किस्ताबापत ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, २०७९ असारदेखि चैत मसान्तसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विगत वर्षमाभन्दा गत वर्ष व्यापार विस्तार तथा आम्दानीमा सुधार हुँदै गएको निगमले जनाएको छ । नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमको भनाइ छ ।

विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकम तिरिएको र कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले बताएको छ।

त्यस्तै, निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना(स्टोल)हाज आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्ने कार्ययोजना अघि बढाइएको निगमले जानकारी दिएको छ ।

निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री Read Previous

दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री

व्यावसायिक भवनमा पार्किङ शुल्क लिन नपाइने, अन्य ठाउँमा यस्तो छ पार्किङ शुल्क Read Next

व्यावसायिक भवनमा पार्किङ शुल्क लिन नपाइने, अन्य ठाउँमा यस्तो छ पार्किङ शुल्क