काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएकाे छ । दिनभर २१ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने सुस्त नै रहेको छ । आज २ अर्ब ३७ करोडको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफको १५ करोड र माउन्टेन इनर्जी साढे ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सनराइज फोक्सड्, इक्वीटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सिटिजन्स म्युचुअल फण्ड २ को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।