सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीआ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २४४ रुपैयाँ (अंकित मूल्य १०० मा १४४ रुपैयाँ प्रिमियम थपेर) दरले ११ लाख २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

त्यसैगरी, कम्पनीले कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ६२ हजार ५०० कित्ता र प्रतिकित्ता २४४ रुपैयाँ दरले सामूहकि लगानी कोषहरुलाई ५ लाख ६२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।

५३६८ मेगावाटका ७२ हाइड्रोले पाए लाइसेन्स, २५ वटालाई निर्माण अनुमति  Read Previous

५३६८ मेगावाटका ७२ हाइड्रोले पाए लाइसेन्स, २५ वटालाई निर्माण अनुमति 

धुलिखेलमा ‘प्याराग्लाइडिङ’को व्यावसायिक उडान सुरू, ७ हजारमा उड्न पाइने Read Next

धुलिखेलमा ‘प्याराग्लाइडिङ’को व्यावसायिक उडान सुरू, ७ हजारमा उड्न पाइने