आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ९ लाख ६० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ३ लाख बढी जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार २१ देखि २६ गतेसम्म प्रतिकित्ता २३६.९१ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँँ थपेर) दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

पोखरा-मुग्लिन सडकको काम अघि बढाउन एडीबीको टोलीसँग छलफल Read Previous

पोखरा-मुग्लिन सडकको काम अघि बढाउन एडीबीको टोलीसँग छलफल

५३६८ मेगावाटका ७२ हाइड्रोले पाए लाइसेन्स, २५ वटालाई निर्माण अनुमति  Read Next

५३६८ मेगावाटका ७२ हाइड्रोले पाए लाइसेन्स, २५ वटालाई निर्माण अनुमति