कालिमाटी र बालाजु तरकारी बजार प्रतिस्पर्धा बिनै भाडामा, फिर्ता लिन ७ दिने अल्टिमेटम

काठमाडौं । कालिमाटी तरकारी बजार र बालाजु तरकारी बजारमा अपारदर्शी तरिकाले भाडा सम्झौता भएको भन्दै किसानको हकहितमा काम गर्ने ९ संघसंस्थाले विरोध जनाएका छन् ।

दुवै तरकारी बजारमा सीमित व्यापारिको सिन्डिकेट भएको भन्दै किसानका हक हितमा काम गर्ने सबै संघसंस्थाहरूले एक साथ आवाज उठाएका हुन् ।

कुनै प्रतिस्पर्धा बिना भाडामा लगाइएको बजारको सम्झौता खारेज गरेर नसच्याएसम्म आन्दोलन गर्ने राष्ट्रिय किसान सञ्जालले चेतावनी दिएको हो ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम डङगोलले २ वर्षका लागि म्याद थप गरी १५ वर्षदेखि रहेका पुरानै व्यवसायीलाई बजार दिएकोमा घोर आपत्ति जनाए । ‘हामीले एक हप्ता समय दिएका छौँ, त्यसपछि पनि यो सम्झौता खारेज भएन भने हामी आन्दोलनमा उत्रिने छाँै,’ उनले भने ।

यस्तै, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले स्टल पिच्छे प्रतिस्पर्धा गराएर किसानलाई समेत स्टल दिनु पर्ने बताए । उनले हाल किसानका लागि भनेर छुट्याइएको ९ प्रतिशत स्टल समेत व्यवसायी आफैंले चलाएको भन्दै त्यसलाई समेत बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताए ।

‘किसानलाई ९ प्रतिशत स्टल दिने भनिएको छ, तर, त्यो स्टल समेत किसानको साट्टा व्यवसायीले प्रयोग गरेका छन्, किसानले भनै प्रयोग गर्ने स्टल ५० प्रतिशत बनाएर अनिवार्य गर्नुपर्छ, नियमन पनि हुनुपर्छ,’ बस्नेतले भने ।

यस्तै, कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय सन्जेलले भ्याक्यूम (स्टल खाली) गरेर नयाँ प्रतिस्पर्धाबाट बजारमा व्यवसायी राख्नुपर्ने भए पनि हालको लागि थप २ वर्षको लागि म्याद थपेको बताए । उनले एकैपटक सबै बजार खाली गर्दा तरकारी किन्ने र बजारीकरण गर्ने नभएकाले त्या सम्भव नभएको बताए ।

हाल कालिमाटीमा व्यापार गरिरहेका व्यवसायीहरू १५ वर्षदेखि सोही स्थानमा व्यापार गर्दै आएका छन् । मासिक भाडा २० हजार हाराहारी रहेको उक्त स्टलमा बजार विकास तथा सञ्चालन नियमावली अनुसार नयाँ प्रतिशपर्दा हुनुपर्ने हुन्छ ।

करका दर आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री महत Read Previous

करका दर आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री महत

पोखरा-मुग्लिन सडकको काम अघि बढाउन एडीबीको टोलीसँग छलफल Read Next

पोखरा-मुग्लिन सडकको काम अघि बढाउन एडीबीको टोलीसँग छलफल