राष्ट्रिय सभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त आर्थिक विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

यस्तै, अर्थमन्त्री डा. महतले आजकैबैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए ।

पोखरामा १ करोड लिटरको डिजेल ट्यांकी निर्माण पूरा, १ महिनाको माग धान्ने Read Previous

पोखरामा १ करोड लिटरको डिजेल ट्यांकी निर्माण पूरा, १ महिनाको माग धान्ने

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह Read Next

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह