कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २६ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड १ लाख १५ हजार १०० रुपैयाँ बराबरको १ लाख १ हजार १५१ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार २९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा साउन ९ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आनलाइन आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।

वर्षमा १०० जना विदेश पठाउन नसक्ने मेनपावरको पनि लाइसेन्स नवीकरण हुने Read Previous

वर्षमा १०० जना विदेश पठाउन नसक्ने मेनपावरको पनि लाइसेन्स नवीकरण हुने

नेशनल हाइड्रोपावरको हकप्रद सेयर खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

नेशनल हाइड्रोपावरको हकप्रद सेयर खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?