बढ्यो धानको समर्थन मूल्य

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षको तुलनामा भाउ बढाएर धानको समर्थन मूल्य तोकेको हो ।

सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोटा धानको प्रतिक्वीन्टल ३ हजार १९८ रुपैयाँ र मध्य धानको प्रतिक्वीन्टल ३ हजार ३६२ प्रतिक्विन्टल समर्थन मूल्य तोकेको जानकारी दिइन् ।

गत वर्षको तुलनामा सरकारले यस वर्ष धानको समर्थन मूल्य मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्वीन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको थियो ।

सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने छ ।

विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो Read Previous

विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो

वर्षमा १०० जना विदेश पठाउन नसक्ने मेनपावरको पनि लाइसेन्स नवीकरण हुने Read Next

वर्षमा १०० जना विदेश पठाउन नसक्ने मेनपावरको पनि लाइसेन्स नवीकरण हुने